स्वस्तिमा खड्काको बहुप्रतिक्षित चलचित्र बुलबुल को ट्रेलर सार्वजनिक



२ माघ २०७५, काठमाडौँ

नायिका स्वस्तिमा खड्का अहिलेकी सर्वाधिक डिमाण्डेड र व्यस्त अभिनेत्री हुन् । उनी यतिबेला विकास आचार्यको चलचित्र हजार जुनी सम्म मा व्यस्त छिन् । यो बर्ष उनको ३ वटा चलचित्र प्रदर्शनमा आइसकेका छन् भने अब फागनुमा फेरि अर्को चलचित्र रिलिज हुनेवालामा छ ।

भर्खरै मात्र स्वस्तिमा खड्काको बहुप्रतिक्षित चलचित्र बुलबुल को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र स्वस्तिमाले आफ्नो लागि निकै विशेष भएको बताएकी छिन् । यस चलचित्रमा उनी निकै फरक भूमिकामा देखिएकी छिन् ।

चलचित्रका लागि नायिका स्वस्तिमाले टेम्पो चलाउने ट्रेनिङ पनि लिएकी थिइन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमाको प्रेम र जीवनको कथालाई देख्न सकिन्छ । चलचित्र बुलबुल मा स्वस्तिमा र मुकुन भुषालको मुख्य भूमिका रहेको छ । चलचित्र यहि फागुन ३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्