यूकेमा चलचित्र प्रसाद हेर्न एकसाथ पुगे पूर्व प्रेमी प्रेमिका धिरज र जसिता



३० पुष २०७५, काठमाडौँ

नायिका जसिता गुरुङ र धिरज मगर पूर्व प्रेमी प्रेमिका भएको बताइएको छ । तर यस विषयमा यी दुवै कलाकारले केहिपनि बोलेका भने छैनन् । यस्तैमा यतिबेला धिरज रेनशासँग चलचित्र इन्टु मिन्टु लण्डनमा को प्रदर्शनका लागि यूकेमा छन् । त्यस्तै चलचित्र लब स्टेशन को छायांकन सकेर नायिका जसिता गुरुङ पनि यूके उडेकी थिइन् ।

गत शनिबार यूकेमा भएको चलचित्र प्रसाद को विशेष शो मा यी पूर्व प्रेमी प्रेमिका एकसाथ देखिएका छन् । रेनशाले आफ्नो आगामी चलचित्रमा धिरज र जसिताको जोडी हुने बताइरहँदा यी दुईसाथ एकसाथ देख्दा त्यो कुरा सत्य हुने देखिन्छ । चलचित्रको विशेष शो का लागि चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ पनि अहिले यूके पुगेकी छिन् ।

धिरज र जसिताले चलचित्र प्रसाद निकै राम्रो भएको बताए । त्यतिमात्र नभएर सबैले नम्रताको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उक्त चलचित्रको शो मा नम्रता रातो साडीमा निकै राम्री देखिएकी छिन् । सबैले एकसाथ तस्बिर पनि खिचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्