प्रधानसेनापति थापा औपचारिक भ्रमणका लागि भारत प्रस्थान



२७ पुस २०७५, काठमाडौं

मित्रराष्ट भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा ७ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

७ सदस्यीय भ्रमण दलसहित भारत भ्रमणको क्रममा रहेका प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्नुका साथै बलाधिकृत रथी हेमन्तराज कुँवरले बिदाई गरेका थिए ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई मिति २०७५ पौष २८ गते भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्