राष्ट्रपति भण्डारीद्वारा तमूल्होसार २०७५ को शुभकामना व्यक्त



१५ पुुस २०७५, काठमाडौं

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ्ग समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महान पर्व “तमूल्होसार” को शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मुलुकको साँस्कृतिक सम्पदा संरक्षण तथा ग्रामीण पर्यटन विकासमा गुरुङ्ग समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै तमुल्होसार जस्ता राष्ट्रिय पर्वहरुले सवै नेपालीबिच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्