नेपालसहित ९ देशबाट जापानले कामदार लैजाने



११ पुस २०७५, काठमाडौं

मंगलबारदेखि लागू गरिएको जापन सरकारको नया नीति अनुसार जापानले नेपालसहित  ९ देशबाट कामदारहरु लैजाने भएको छ ।

जापानमा घट्दो जनसंख्या दर तथा काम गर्ने चलायमान जनशक्तिमा आएको कमीले गर्दा अब विदेशी कामदारका लागि जापान खुल्ला भएको छ । नेपाल, थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलिया लगायतका ९ देशबाट जापानले कामदार लैजाने भएको हो ।

पहिलो ५ बर्षमा जापान सरकारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा तीन लाख भन्दा बढी विदेशी कामदार लैजाने निर्णय गरेको छ ।

जापान सरकारको यो निर्णयसँगै नेपाली कामदारले महिनामा लगभग ३ लाख नेपाली रुपैंया पारिश्रमिक पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्