प्रदेश नं ३ का जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त



२९ मङ्सिर २०७५, हेटौँडा

प्रदेश नं ३ सरकारले प्रदेश मातहतका नौ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक विकास मन्त्रालयलाई अध्यक्ष नियुक्तिको बाटो खुलेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार

सिन्धुली अस्पतालको अध्यक्ष : प्रल्हाद पोखरेल
चितवनको भरतपुर अस्पतालको अध्यक्ष : खिमलाल भण्डारी
मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्ष : डेगराज (प्रकाश) पौडेल
धादिङ अस्पतालको अध्यक्ष : महेन्द्र धमला
नुवाकोटको त्रिशूली अस्पतालको अध्यक्ष : अर्जुनप्रसाद न्यौपाने
रसुवा अस्पतालको अध्यक्ष : रामशरण कुँइकेल
भक्तपुर अस्पतालको अध्यक्ष : मिलन सुवाल
सिन्धुपाल्चोकको चौतारा अस्पतालको अध्यक्ष : ईश्वरीप्रसाद श्रेष्ठ
रामेछाप अस्पतालको अध्यक्ष : रोशन पाख्रिन   नियुक्त भएका छन् । 

समितिमा मेडिकल सुपरिटेण्डेट सदस्यसचिव हुने व्यवस्था छ । सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौँ ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण नभइसकेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्