प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न



२८ मङ्सिर २०७५, काठमाडौं

प्रधानसेनापति पूर्णचन्द्र थापाले बाग्लुङस्थित श्री नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । निरीक्षण भ्रमणको सिलसिलामा उहाँ हिजो मिति २०७५ मंसिर २७ गते श्री पश्चिम पृतना हे.क्वा. पोखरातर्फ प्रस्थान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्