बुङ्वाखाको १४ औं वार्षिकोत्सव तथा वान्तावा कविता प्रतियोगिता सम्पन्न



२८ मङ्सिर २०७५, इटहरी

बुङ्वाखा मासिकको १४ औं वार्षिकोत्सव तथा १४ औं वान्तावा कविता प्रतियोगिता सोमवार सम्पन्न भएकोछ ।

किरात राई यायोक्खा, माइमझुवा, सन्दकपुर २ इलामको सह–आयोजना र किरात राई सांस्कृतिक कलाकार संघ , माईमझुवा टोड्के इलामको सहयोग रहेको कार्यक्रम सन्दकपुर २ माइमझुवा टोड्के इलाममा सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा ४ जना व्यातिmत्वहरु पुरस्कृत भएका छन् ।  बुङ्वाखा –विष्णु –मकर वान्तावा राष्ट्रिय पुरस्कार २०७५ द्धारा सगुन सुसारा पुरस्कृत भएकाछन् । सुसारालाई कार्यक्रमका प्रमुख अतिथी उदय राईले सायावुङ अर्पण गर्नुका साथै अक्षयकोषदाता संस्थापक सदस्य राजेन्द्र वान्तावाले ताम्रपत्र र नगद ४० हजार १ सय ९१ रुपैया प्रदान गरे ।

बुङ्वाखा –पन्चकुमारी संगित पुरस्कार २०७५ द्धारा कृष्ण भक्त राई पुरस्कृत भएकाछन् । राईलाई प्रमुख अतिथी राईले सायावुङ अर्पण गर्नुका साथै अक्षयकोष संस्थापक सदस्य जिवन मुकारुङले सम्मान पत्र र नगद ३० हजार प्रदान गरे  ।

बुङ्वाखा –रनमाया चेन्चेक्वा पुरस्कार २०७५ द्धारा टकलाल राई पुरस्कृत भएकाछन् । पुरस्कृत राईलाई प्रमुख अतिथी राईले सायावुङ अर्पण गर्नुका साथै प्रस्तावित अक्षयकोष संस्थापक सदस्य उद्धिम राईले सम्मान पत्र र नगद ६ हजार रुपैया प्रदान गरे  । त्यसैगरी  बुङ्वाखा –धनेन्द्र बादिहाङ पुरस्कार २०७५ द्धारा हरि वहादुर राई  पुरस्कृत भएकाछन् । पुरस्कृत राईलाई प्रमुख अतिथी राईले  सायावुङ अर्पण गर्नुका साथै अक्षयकोष सदस्य टीकाराम बादिहाङले सम्मान पत्र र नगद ५ हजार प्रदान गर्नूभएको वुङ्वाखाका सम्पादक तथा कार्यक्रम संयोजक पदम राईले वताए ।

वान्तावा खिमका केन्द्रिय अध्यक्ष ज्ञान किराती , अखिल किरात राई संघ सिक्किमका अध्यक्ष चन्द्र खालिङ को विशेष आतिथ्यता रहेको कार्यक्रममा वान्तावा शव्दकोष तथा व्याकरण निर्माण समितिकाका सचिव तिर्थराज मुकारुङ लगायत  अतिथी रहेका थिए ।

कार्यक्रममा गायक कृष्ण भक्त राई , सुकदेव राईको गायन तथा किरात राई सास्कृतिक संघ माईमझुवाका कलाकारहरुले साकेला सिली प्रस्तुत गरेका थिए ।

उत्कृष्ट १४ जना कविलाई पछि पार्दै धनकुटाका कवि कश्चित प्रथम
१४ औ वान्तावा कविता प्रतियोगितामा उत्कृष्ट छनौट भएका १४ जना कविहरुले आफ्नो आफ्नो कविता वाचन गरे । उत्कृष्ट छनौट भएका १४ जना कविहरुलाई पछि पार्दै धनकुटाका कवि नरेन्द्र कश्चित  प्रथम , पाँचथरका कुमार राई दोश्रो र पाँचथरकै इनुमा रुङ्माहाङ तेश्रो भए ।  प्रथम , दोश्रो र तेश्रो हुने लाई क्रमस ,नगद १० हजार , ६००० र ४००० का साथै प्रमाण पत्र प्रदान गरियो ।

उत्कृष्ट १४ कविहरुहरुलाई समेत प्रमाण पत्र र विशेष उपहार समेत प्रदान गरिएको वुङ्वाखाका सम्पादक तथा कार्यक्रम संयोजक पदम राईले वताए  ।

 चेइन्यानओ यङ ( बान्तावा राई शव्दसंग्रह ) विमोचन
पत्रकार रिता राई राराहाङ द्धारा लिखित पुस्तक चेइन्यानओ यङ ( बान्तावा राई शव्दसंग्रह) विमोचन भएकोछ । लेखक राराहाङकी वुवा तुल वहादुर राई आमा कृष्णमाया राई प्रमुख अतिथी , विशेष अतिथिहरु, संरक्षक, सल्लाहकारहरुको तर्फवाट संयुक्त विमोचन गरिएको थियो ।

चेइन्यानओ यङ ( बान्तावा राई शव्दसंग्रह ) मा ५ हजार भन्दा वढी वान्तावा शव्द अर्थ समेटिएको लेखक राराहाङले वताइन् ।

 

प्रतिक्रिया दिनुहोस्