प्याब्सन किर्तीपुर नगर कमिटीको अध्यक्षमा कृष्णमान डङ्गोल



२८ मङ्सिर २०७५, काठमाडौँ

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन किर्तीपुर नगर कमिटीको अधिवेशन सम्पन्न भएको अधिवेशनले कृष्णमान डङ्गोल अध्यक्षतामा ७ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो ।

बिहिबार किर्तीपुरमा सम्पन्न अधिवेशनले सचीवमा रबि भन्डारी, कोषाध्यक्षमा बिष्णु पराजुली, सदस्यहरु टंङ्क प्रसाद गैरे, दिनेश शाह, हरेराम अधिकारी र प्रदिप तिमिल्सिनालाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठल निजी क्षेत्रमा सञ्चालित विद्यालयहरुको सबै भन्दा बढी भूमिका रहेको बताउँदै निजी विद्यालयहरुले राष्ट्रको शैक्षिक विकासका लागि महत्वपुर्ण योगदानको चर्चा गर्नु भयो ।

काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गोपाल आचार्यले सरकारले ठुलोको खुट्टा काटेर सानो सँग बराबर पार्न खोजेको बताउनु भएको छ । सरकारले नीजि विद्यालयलाइ अङ्कुस लगाउने रणनिति निर्माण गर्न लागिरहेको बताउदै निजि विद्यालयको योगदान भुलेर निरुत्साहित पार्ने काम भइरहेको छ, यो खुल्ला बजार अर्थनितिको बिरुद्धमा छ ।

उहाले भन्नु भयो प्रतिस्पर्धाको सिद्धान्तलाइ निर्बाधरुपमा लागु गर्न दिइनु पर्छ । आफ्नो छोरा छोरीलाइ राम्रो शिक्षा दिन पैसा हुने अभिभावकले आफै जिम्मा लिइरहेको उल्लेख गर्दै पैसा नहुने अभिभावकको लागि सरकारले शिक्षा दिनु पर्ने बताउनु भयो । राज्यले संचालनमा ल्याएका विद्यालयलाई राम्रो बनाउनु राज्यको दायीत्व हो । राज्यले ल्याउने यस्ता प्रकारका नितिहरुले अभिभावकको गुणस्तरिय शिक्षाका लागि फेरी भौतारीनु पर्छ जसले गर्दा पूजी पलायनको सम्भावना बढेर जाने चेतावानी समेत दिनु भयो । परिबर्तन खबर संग कुरा गर्दै उहाले भन्नु भयो हामीलाई समयले आन्दोलीत हुन बाध्य बनाउदै छ परि आए आन्दोलनको विकल्प छैन हाम्रो हित रक्षाको लागि हामी सङघर्ष गर्न पनी पछी हट्दैनौ । प्याब्सनका सबै नगर कमिटीहरुको नेतृत्व सर्वसम्मतीले चयन गरिएको बताउदै प्याब्सन पेशागत हकहितका लागि एकताबद्ध भइरहेको उल्लेख गर्नु भयो ।

परिवर्तन खबर संग कुरा गर्ने क्रममा प्याब्सन काठमाडौं उपाध्यक्ष तथा संगठन विभाग प्रमुख प्रेम राईले काठमाडौं भित्र रहेका नगरकमिटीहरुको अधिवेशन सम्पन्न भएको जानकारी गराउनु भयो । उहाले भन्नु भयो हामीले सफलतापुर्वक नगर कमिटीको अधिवेशन सम्पन्न गरि सर्वसम्मतीले नेतृत्व चयन गर्न सफल भएका छौ, यो एकताको ठुलो सन्देश हो यसले हामी लाई हाम्रो हक अधिकारलाइ सुरक्षित पार्न तथा हाम्रा कार्यक्रमहरुलाई अगाडी लैजान सहज हुने छ । राईले थप्नु भयो म कार्यक्रम सफल पार्न अहोरात्र खट्नु हुने सबै प्याब्सनका साथीहरुलाइ धन्यवाद ज्ञापन गर्दछु ।

प्याब्सन काठमाडौं सह–सचिव सुर्य बहादुर भण्डारीले परिवर्तन खबरलाइ सक्षिंप्त प्रतिक्रिया दिंदै हामीले जुन तरिकाले अधिवेशनलाई सम्पन्न गर्यौ यो निकै ठुलो उपलब्धी हो सबै स्थानमा सर्वसम्मतीको प्रयास सफल भएको छ । केन्द्रीय स्तर सम्म नै यो प्रक्रिया कायम होस् भन्ने हाम्रो मान्यता हो ।

प्रतिक्रिया दिनुहोस्