पूँजी बजार संरक्षण गर्नुपर्छ



२८ मंसिर २०७५, काठमाडौं

प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताउनुभएको छ ।

उहाँले देशलाई समृद्ध बनाउन पूर्वाधार विकास तथा निर्माणका लागि आवश्यक पर्ने पूँजी सङ्कलनको कार्य पूँजी बजारले गर्ने बताउनुभयो । शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि छ दिनदेखि जारी अनशनमा ऐक्यवद्धता व्यक्त गर्ने क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा लगानीकर्ता अनिश्चितकालीन रिले अनशनमा बसेका छन् । बैंक खाता र डिम्याट खाता एकिकृत भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन आग्रह गरिएको छ । लगानीकर्ताले शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पु¥याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्