खानेपानी मन्त्रीको पहलमा सुरु भयो महिलाहरुका लागि  तालिम



२७ मङ्सिर २०७५, कंचनपुर

कंचनपुरको निर्वाचन क्षेत्र न. १  मा अवस्थित प्रगतिशील महिला समुहका महिला प्रतिनिधिहरुलाई  आत्मनिर्भर बनाउने उदेश्यले स्यानिटेशन प्याड बनाउने तालिम सुरु भएको छ ।

महिलाहरुमा  महिनावारि हुँदा प्रयोग हुने स्यानिटेशन प्याड बनाउने तालिम बुधबारबाट सुरु भएको हो । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहयोगमा संचालित पाँच दिने तालिमको निरीक्षण नेकपाका प्रभावशाली नेता एवं सासद लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले गर्नु भएको थियो । यो तालिम खानेपानी मन्त्री बिना मगरको पहलमा सुरु भएको हो ।

तालिमपछि महिलाहरुले उद्योगका लागि काम गर्ने छन् भने केही दिनपछि उक्त प्याड बजारमा बिक्री सुरु हुने बताइएको छ ।  पहिलो चरणमा २५ जना महिलाहरु तालिममा सहभागी भएका छन् ।

यस अघि कंचनपुरको बेलौरीमा प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम सम्पन्न भएको थियो भने खानेपानी मन्त्री बिना मगरको पहलमा महिलाहरुलाई स्वरोजगार बनाउन कुखुराको चल्लाहरु वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्