जलवायु परिवर्तन तथा यसले मानव जीवनमा पार्ने प्रभाव, पढ्नुहोस्



२६ मंसिर २०७५, काठमाडौं

जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम बढिरहेको छ । सँगै गर्मीका कारण विश्वको जनसंख्याको ठूलो हिस्सामा मृत्यु र रोगको जोखिममा पनि वृद्धि भइरहेको छ ।

‘लान्सेट’ मा प्रकाशित एउटा अध्ययनका अनुसार, अफ्रिकाको सहारा क्षेत्र, दक्षिण अमेरिका, भारतजस्ता संवेदनशील क्षेत्रमा कामको घण्टामा समेत उल्लेखनीय कमी आउँदै गएको छ ।

जलवायु परिवर्तनका कारण हामीले तातो वातावरण झेलिरहनुपरेको छ । दुर्भाग्यवश, यो क्रम बर्सेनि बढ्दो छ । पछिल्ला दुई दशकमा विश्वव्यापी तापक्रममा औसत ०.८ डिग्री सेल्सियसको बढोत्तरी भएको छ । यो चिन्ताको विषय हो ।

अनुसन्धाताहरूले स्वास्थ्य, स्वास्थ्यकर्ताको नियुक्ति, स्वच्छ परिवहन र स्वास्थ्य प्रणालीका क्षेत्रमा सुधारले यो समस्या नियन्त्रणमा आउने आशा देखाउनचाहिँ देखाएका छन् ।

केही वर्षयता बढ्दो तातो हावा र घट्दो श्रम क्षमताले तापक्रम यसरी नै बढ्दै गए मानव स्वास्थ्यमा घातक असर पर्ने संकेत गरिरहेको उक्त अध्ययनमा उल्लेख छ ।

पुरुषको प्रजनन क्षमता पनि जोखिममाअर्को एउटा अध्ययनको दाबीअनुसार, जलवायु परिवर्तनका कारण पुरुषको प्रजनन क्षमतामा जोखिम उत्पन्नहुन सक्छ ।

‘नेचर कम्युनिकेसन’ मा प्रकाशित, बेलायतको इस्ट एग्लिया विश्वविद्यालयको अनुसन्धाताहरूको अध्ययन अनुसार, तातो हावाले कीराको शुक्रकीटलाई नष्ट गर्ने गरेको छ ।

मौसम तातो हुँदा शुक्रकीटको क्रिया प्रणाली धेरै संवेदनशील हुँदै जान्छ । प्रजनन र जनसंख्या वृद्घिका लागि शुक्रकीट अनिवार्य हुने भएकोले जलवायु परिवर्तनबाट जैव–विविधतामा जोखिमको गम्भीरता कति छ भन्नेबारे उक्त अध्ययनले उल्लेख गरेको छ ।

अनुसन्धानमा के पाइयो भने, तातो हावाका कारण भालेको शुक्रकीटको संख्या आधा हुन्छ र यो हिसाबले कालान्तरमा उनीहरूको प्रजनन क्षमतालाई नष्ट गर्छ । अर्कोतर्फ पोथीमा तातो हावाको कुनै प्रभाव पर्दैन ।

जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम बढिरहेको छ । सँगै गर्मीका कारण विश्वको जनसंख्याको ठूलो हिस्सामा मृत्यु र रोगको जोखिममा पनि वृद्धि भइरहेको छ ।

‘लान्सेट’ मा प्रकाशित एउटा अध्ययनका अनुसार, अफ्रिकाको सहारा क्षेत्र, दक्षिण अमेरिका, भारतजस्ता संवेदनशील क्षेत्रमा कामको घण्टामा समेत उल्लेखनीय कमी आउँदै गएको छ ।

जलवायु परिवर्तनका कारण हामीले तातो वातावरण झेलिरहनुपरेको छ । दुर्भाग्यवश, यो क्रम बर्सेनि बढ्दो छ । पछिल्ला दुई दशकमा विश्वव्यापी तापक्रममा औसत ०.८ डिग्री सेल्सियसको बढोत्तरी भएको छ । यो चिन्ताको विषय हो ।

अनुसन्धाताहरूले स्वास्थ्य, स्वास्थ्यकर्ताको नियुक्ति, स्वच्छ परिवहन र स्वास्थ्य प्रणालीका क्षेत्रमा सुधारले यो समस्या नियन्त्रणमा आउने आशा देखाउनचाहिँ देखाएका छन् । केही वर्षयता बढ्दो तातो हावा र घट्दो श्रम क्षमताले तापक्रम यसरी नै बढ्दै गए मानव स्वास्थ्यमा घातक असर पर्ने संकेत गरिरहेको उक्त अध्ययनमा उल्लेख छ ।

पुरुषको प्रजनन क्षमता पनि जोखिममाअर्को एउटा अध्ययनको दाबीअनुसार, जलवायु परिवर्तनका कारण पुरुषको प्रजनन क्षमतामा जोखिम उत्पन्नहुन सक्छ ।

‘नेचर कम्युनिकेसन’ मा प्रकाशित, बेलायतको इस्ट एग्लिया विश्वविद्यालयको अनुसन्धाताहरूको अध्ययन अनुसार, तातो हावाले कीराको शुक्रकीटलाई नष्ट गर्ने गरेको छ ।

मौसम तातो हुँदा शुक्रकीटको क्रिया प्रणाली धेरै संवेदनशील हुँदै जान्छ । प्रजनन र जनसंख्या वृद्घिका लागि शुक्रकीट अनिवार्य हुने भएकोले जलवायु परिवर्तनबाट जैव–विविधतामा जोखिमको गम्भीरता कति छ भन्नेबारे उक्त अध्ययनले उल्लेख गरेको छ ।

अनुसन्धानमा के पाइयो भने, तातो हावाका कारण भालेको शुक्रकीटको संख्या आधा हुन्छ र यो हिसाबले कालान्तरमा उनीहरूको प्रजनन क्षमतालाई नष्ट गर्छ । अर्कोतर्फ पोथीमा तातो हावाको कुनै प्रभाव पर्दैन ।

प्रतिक्रिया दिनुहोस्