ओलम्पिक छनौटको दोस्रो खेलमा म्यानमारविरुद्ध मैदान उत्रँदै नेपाल



२५ कार्तिक २०७५, काठमाडौां

ओलम्पिक एशियन महिला छनौटको दोस्रो खेलमा आज नेपालले म्यानमारको सामना गर्दै छ । छनौटको पहिलो खेलमा नेपालले भारतसँग बराबरी खेलेको हो । त्यसपछि नेपालले छनौटको दोस्रो खेलमा बलियो प्रतिद्वन्दी मानिएको म्यानमारसँग खेल्न लागेको हो ।

खेल खेल याङगोनस्थित थुनुवा स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुने बताईएको छ । म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल अंक खोस्ने योजनासहित मैदान उत्रनेछ । किनकी दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई दोस्रो चरणको यात्रा कायम गर्न म्यानमारसंग अंक खोस्नु पर्नेछ । तर, नेपालको लागि म्यानमारबाट जित निकाल्नु कठिनाई रहने छ ।  म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५–० ले हराएर आफुलाई प्रमाणित गरिसकेको छ । नेपालले भने भारतसंग १–१ गोलको बराबरी खेलेको थियो ।
म्यानमारसंग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । म्यानमारपछि नेपालले अन्तिम खेलमा कार्तिक २७ गते बंगलादेशसँग खेल्नेछ । समूह सी मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ । १ अंक जोडेको भारत तेस्रो र बंगलादेश पुछारमा छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् । नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र र टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्