काठमाडौंको पुरानो बानेश्वरमा सिन्धुलीको चियापान कार्यक्रम हुँदै



१५ कार्तिक २०७५, काठमाडौं

सिन्धुलीबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी ‘समृद्ध सिन्धुली अभियान’ र ‘सिन्धुलीय श्रेष्ठ समाज’ काठमाडौंको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम हुने भएको छ ।

नेपालीहरुको महान चाड वडादशैं, दीपावली, नेपाल सम्वत, छठ लगायतका चाडबाडको अवसर पारी गरिने कार्यक्रममा महाभारतको डाँडैडाँडा हुँदै सिन्धुली गढी पदयात्राको डकुमेन्ट्री समेत प्रस्तुत गरिने आयोजकले बताएका छन् ।

कार्यक्रम पुरानो बानेश्वर स्थित मानसरोवर पार्टी प्यालेसमा मिति २०७५ कार्तिक १७ गते शनिवार विहान ७ बजेदेखि हुने जनाईएको छ ।

ईच्छुक महानुभावलाई सम्पर्कको लागि सिन्धुली श्रेष्ठ समाजका हरिकृष्ण श्रेष्ठ (९८५१०८०१४५) र समृद्ध सिन्धुली अभियानका पत्रकार तथा कानुन व्यवसायी लिलानाथ घिमिरे (९८४१२८२१००) लाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्