प्रदर्शनको अन्तिम चरणसम्म आइपुग्दा पनि प्रचारप्रसारमा कमजोर देखियो ‘चङ्गा चेट’



१२ कार्तिक २०७५, काठमाडौँ

यसबर्षको प्रतिक्षित चलचित्रमध्येको चङ्गा चेट पनि एक हो । सुटिङ अगावै निकै चर्चामा रहेको चलचित्र चङ्गा चेट यतिबेला प्रदर्शनको अन्तिम घडीमा छ ।आगामी शुक्रबार अर्थात् कार्तिक १६ बाट चलचित्र चङ्गा चेट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

यतिबेला चलचित्रको गोजीमा दाम छैन बोलको गीत निकै चर्चामा रहेको छ भने कमेडिले भरपुर ट्रेलरले पनि चलचित्रको राम्रो हाइप बढाइरहेको छ । चलचित्र चङ्गा चेट हेर्न दर्शकहरु निकै पर्खिरहेका छन् । तर प्रदर्शनको अन्तिम चरणमा आइपुग्दा पनि चलचित्रको प्रसारप्रसार भने अत्यन्तै कम छ । चलचित्रमा धेरै नाम चलेका कलाकारहरुको अभिनय रहेको छ । तर चलचित्रको प्रचारप्रसारमा भने कोहिपनि कलाकारले चासो देखाएका छैन्न । यसो हुँदा चलचित्र प्रदर्शन पश्चात चलचित्रको व्यापारमा असर पर्न जान्छ ।

कलाकारहरु सबैभन्दा बढी खट्नु पर्ने नै चलचित्रको पब्लिसिटिको लागि हो तर चलचित्र चङ्गा चेटका कलाकारहरु प्रचारप्रसारमा कत्तिपनि लागिपरेका छैनन् । यसरी हेर्दा चलचित्रको गीतसंगीत र ट्रेलर राम्रो बनेको भएपनि चलचित्रको पब्लिसिटि कम भएका कारण चङ्गा चेटको व्यापारलाई असर पर्ने देखिन्छ । चलचित्र चङ्गा चेटमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता राणा, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्