बुगीवुगीबाट चर्चामा आएकी प्रगति पुनको नयाँ गीत सार्वजनिक



१२ कार्तिक २०७५, काठमाडौँ

प्रगति पुन नेपालको नम्बर वान डान्सिङ रियालिटि शो बुगीवुगीबाट चर्चामा आएकी हुन् । उनी बुगीवुगीमा आउनु भन्दा अगाडी एक डान्सिङ ग्रुपको मेम्बर थिइन् । बुगीवुगीमा आएसँगै उनी सबैको नजरमा पर्न सफल भयन् भने जनताको अत्याधिक भोट पाएर फस्ट रनर अप बन्न सफल पनि भइप्न् । हालैमात्र प्रगतिको एक नयाँ गीत सार्वजनिक भएको छ ।

पुष्कर मातातौनको शब्द, संगीत र आवाज रहेको तिम्रो बाउ बोलको गीतमा क्रिस्टल डान्स क्रु लाई फिचरिङ गराइएको छ । उक्त गीतका कोरियोग्राफर सन्देश जंग राना हुन् । डान्सिङ शैलीमा रहेको गीतमा प्रगतिको दमदार डान्स देखाइएको छ । उक्त गीतलाई क्रिस्टल क्रु को अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्