द भ्वाइस अफ नेपालमा कोच प्रमोदको टिमका तेजेन्द्रले आफ्नो प्रस्तुतीले सबैलाई रुवाए



१२ कार्तिक २०७५, काठमाडौँ

द भ्वाइस अफ नेपाल अहिले नेपालमा सबैभन्दा धेरै रुचाइएको गायन रियालिटि शो हो । कुनैपनि पब्लिसिटि नगरी सुरु भएको द भ्वाइस अफ नेपाललाई सुरुदेखि नै सबैले अत्यन्तै मन पराएका छन् । ब्लायन्ड अडिसनबाट सुरु भएको द भ्वाइस अफ नेपाल अहिले लाइभ राउण्डमा आइपुगेको छ ।

गएराति देखाइएको लाइभ राउण्डमा कोच प्रमोदका एक प्रतिस्पर्धीले सबैलाई रुवाएका थिए । ब्लाइन्ड अडिसनबाट नै सबैको मन जित्न सफल तेजेन्द्र गन्धर्वले केहि महिना अगाडि घटेको निर्मला हत्याकाण्ड सम्बन्धमा गीत गाएका थिए । उक्त गीत यति मार्मिक थियो की जर्जहरु मात्र नभएर सबै अडियन्सका पनि आँखा रसाए । तेजेन्द्रको गीतलाई सबैले निकै रुचाइदिउका थिए । उनले आफ्नो गीतबाट सबैलाई एउटा राम्रो सन्देश दिन खोजेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्