चर्चित गायक सनुप पौडेलको नयाँ गीत सार्वजनिक



१२ कार्तिक २०७५, काठमाडौँ

सनुप पौडेल नेपालका चर्चित गायक हुन् । विशेषगरी उनको दैव हे बोलको गीत सबैको मुखमा अहिले पनि झुण्डिएको छ । उनले धेरै राम्रा गीतहरु गाएका छन् । त्यतिमात्र नभएर सनुप अहिले नेपालको नम्बर वान रियालिटि शो द भ्वाइस अफ नेपालका कोच पनि हुन् । भ्वाइस अफ नेपालको सुरुवातसँगै सनुपको चर्चा र व्यस्तता पनि बढेको छ । हालैमात्र सनुपको नयाँ गीत सार्वजनिक भएको छ ।

ध्रुव प्रसाद अम्गाईको शब्द र हरि लम्सालको संगीत रहेको नभुल्न सक्ने बोलको गीतमा सनुप पौडेलको आवाज रहेको छ । प्रेम र विछोडको भाव समेटिएको गीत अत्यन्तै मार्मिक बनेको छ । उक्त गीतलाई सनुपले निकै राम्रोसँग गाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्