अभिषेक बच्चन हरेक बर्ष लिने गर्छन् ऐश्वर्याको लागि करवा चौथको व्रत



११ कार्तिक २०७५, काठमाडौँ

नेपाल विभिन्न चाडपर्वहरु भएजस्तै भारतमा नि धेरै चाडपर्वहरु रहेका छन् । तीमध्ये करवा चौथ पनि भारतीय महिलाहरुको लागि एकदमै महत्वपूर्ण चाड हो । यो चाडलाई भारतमा सर्वसाधारणले जति भवयताका साथ मनाउने गर्छन् त्यति नै सेलेब्रेटिले पनि मनाउने गर्छन् । यतिबेला भारतमा सबै सेलेब्रेटिमा करवा चौथको लर्को लागिरहेको छ ।

करवा चौथ विशेषगरी महिलाहरुले लिने गर्छन् । तर केहि पतिहरुले आफ्नी पत्नीहरुको लागि स्व–इच्छाले करवा चौथको व्रत लिने गर्छन् । त्यस्तै भारतीय एक चर्चित सेलेब्रेटि छन् जो हरेक बर्ष आफ्नी श्रीमतीको लागि करवा चौथको व्रत लिने गर्छन् । भारतीय सेलेब्रेटि अभिषेक बच्चन हरेक बर्ष आफ्नी पत्नी ऐश्वर्याको लागि करवा चौथको व्रत लिने गर्छन् । उनीहरु हरेक बर्ष एकअर्काको लागि करवा चौथको व्रत लिने गरेको बताउँछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्