बाबुराम र हिसिलाले पनि हेरे जय भोले



११ कार्तिक २०७५, काठमाडौँ

दशैँको फुलपातीको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचत्रि जय भोले ले राम्रो व्यापार गरिरहेको छ । दशैँको अवसर पारी प्रदर्शन गरएको भएर पनि होला दर्शकहरुको राम्रो साथ पाउन जय भोले सफल भयो । जय भोले मल्टिप्लेक्स र सिगंल दुवै हलहरुमा भव्यताका साथ प्रदर्शन भैरहेको छ ।

जय भोले दर्शकले मात्र नभएर नेताहरुले पनि हेरेका छन् । शनिबार जय भोले हेर्न नेपालका प्रख्यात नेता बाबुराम भट्टराई र हिसीला यामी हलमा पुगेका थिए । उनीहरुले जय भोलेको कथावस्तु र कलाकारको बेजोड अभिनयका कारण चलचत्रि उत्कृष्ट बनेको प्रतिक्रिया दिए । दुवैले चलचित्र हेर्दा कति ठाउँमा आफ्नो आखाँ रसाएको समेत बताए ।

चलचित्र जय भोले ले देशभर राम्रो कलेक्सन गरिरहेको छ । चलचित्रमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, रामचन्द्र अधिकारी, जयनन्द लामा, राजाराम पौडेल लगायतका कलाकरको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्