अरबाजसँगको डिभोर्सपछि अर्जुनसँग वैवाहिक जीवनमा बाधिदैँ मलाईका



११ कार्तिक २०७५, काठमाडौँ

मलाईका अरोरा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनी अभिनयले भन्दा पनि आफ्नो आइटम डान्सले चर्चामा आउने गर्छिन् । उनी एकसमयमा सलमानकी भाउजु पनि थिइन् । उनले सलमानका भाई अरबाज खानसँग विवाह गरेकी थिइन् । उनीहरुबिच असमझदारी भएका कारण उनीहरु केहिवर्ष मात्र एकसाथ रहे । मलाईका र अरबाजले डिभोर्स गरिसकेका छन् ।

डिभोर्स भएको केहिसमय एक्लै बसेपनि हाल मलाईका बलिउडका नाम चलेका अभिनेता अर्जुन कपुरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । उनले आफ्नो अर्जुनसँगको प्रेमबारे केहिपनि बोलकी थिइनन् । तर केहिसमय अघिमात्र आफ्नो बर्थ डे सेलेब्रेट गर्न इटाली पुगेकी मलाईका र अर्जुन एयरपोर्टम हात गासेर हिडेको पाईयो । त्यतिमात्र नभएर मलाईका र अर्जुनले उनीहरुको प्रेमबारे खुलासा पनि गरिसकेका छन् । अब अर्जुन र मलाईका चाडै नै विवाह गनेए तयारीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्