विराट र अनुष्काले मनाए आफ्नो विवाहपछिको पहिलो करवा चौथ



११ कार्तिक २०७५, काठमाडौँ

भारतीय चर्चित क्रिकेटर विराट कोहली र बलिउडकी चर्चित नायिका अनुष्का शर्माले केहिसमय अघिमात्र विवाह गरेका थिए । विगत लामोसमयदेखि प्रेमसम्बन्धमा रहेका विराट र अनुष्काले आफ्नो विवाह यति राम्रोसँग गरेका थिए कि उनीहरुको विवाहलाई बलिउड सेलेब्रेटिहरुमा अहिलेसम्मकै राम्रो विवाह भएको मानिन्छ ।

नेपाल विभिन्न चाडपर्वहरु भएजस्तै भारतमा नि धेरै चाडपर्वहरु रहेका छन् । तीमध्ये करवा चौथ पनि भारतीय महिलाहरुको लागि एकदमै महत्वपूर्ण चाड हो । यहि चाड यसपाली विराट र अनुष्काले पनि पहिलो पटक एकसाथ मनाएका थिए । यो चाड पतिपत्नीले एकसाथ मनाउने हुँदा विराट र अनुष्काले पनि आफ्नो घरपरिवारसँग बसेर यसपाली करवा चौथ मनाएका छन् । त्यतिमात्र नभएर अनुष्का र विराटले आफ्नो करवा चौथको फोटो सामाजिक सञ्जालमा पनि पोष्ट गरेका छन् । करवा चौथको दिन अनुष्का सारीमा र विराट कुर्तामा देखिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्