ऐश्वर्य नायिका दिपिकाले गरिन् निर्देशक दिवाकरसँग इन्गेजमेन्ट, केहिसमयपछि गर्दैछिन् विवाह



११ कार्तिक २०७५, काठमडौँ

नायिका दिपिका प्रसाई नेपाली चलचित्र क्षेत्रकी स्थापित नायिका बनिसकेकी छिन् । उनले खेलेको पहिलो चलचत्रि ऐश्वर्य बक्सअफिसमा सफल साबित भएको थियो भने उक्त चलचित्रको तिमी रोएको पल गीत अझै पनि निकै चर्चित छ । ऐश्वर्य पछि उनले काम गरेको चलचित्र छक्का पञ्जा ३ ले त झन् बक्सअफिसमा सर्वाधिक कमाई गर्ने चलचत्रिको रेकर्ड नै बनाएको छ । यसरी हेर्दा उनी सुरुवाती क्रममा नै सफल देखिएकी छिन् ।

दिपिकाको चलचित्रले सपफलता पाएसँगै उनको पनि चर्चा निकै चुलिएको छ । हालैमात्र दिपिकाको बारेमा नयाँ खबर बाहिरिएको छ । उनले केहिदिन अगाडि मात्र निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेकी छिन् । दिपिकाको उनीसँग चार बर्षदेखि प्रेम सम्बन्ध रहेछ । तर दिपिकाले आफ्नो प्रेमबारे कतैपनि खुलासा भने गरेकी थिइनन् ।

केहिदिन अगाडि मात्र इन्गेजमेन्ट पश्चात दिपिकाले सामाजिक सञ्जालमार्फत् उनको र दिवाकरको फोटो अपलोड गर्दै आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेकी छिन् । अब दिपिका र दिवाकार चाडैँ नै विवाह गर्ने योजनामा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्