छक्का पञ्जा ३ ले बनायो अहिले सम्मकै सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रेकर्ड



११ कार्तिक २०७५, काठमाडौँ

असोज २४ अर्थात् घटस्थापनाको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचत्रि छक्का पञ्जा ३ ले अत्यन्तै राम्रो व्यापार गरिरहेको छ । छक्का पञ्जा का यसअघिका सिरिजहरु पनि निकै सफल भएकाले दर्शकहरु यो चलचित्र हेर्न आतुर थिए । चलचत्रि छक्का पञ्जा ३ ले अहिले सम्मकै बम्पर ओपनिङ गरेको छ ।

त्यतिमात्र नभएर छक्का पञ्जा ३ ले नेपाली चलचत्रि क्षेत्रमा सबैभन्दा पैसा कमाउने चलचत्रिको रेकर्ड राख्न सफल भएको छ । छक्का पञ्जा ३ अघि नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रमा छक्का पञ्जा थियो । यसपटक छक्का पञ्जाको रेकडैलाई छक्का पञ्जा ३ ले नै ब्रेक गरेको छ । छक्का पञ्जा ले १२८ दिनमा १६ करोडको व्यापार गर्दै रेकर्ड बनाएको थियो भने छक्का पञ्ज ३ ले १७ दिनमा १६करोड व्यापार गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

अझैपनि देशभरिका हलहरुम भव्यताका साथ प्रदर्शन भैरहेको चलचित्र छक्का पञ्जा ३ को व्यापार बढ्ने देखिन्छ । यसरी नेपाली चलचित्रमा सबैभन्दा बढी पैसा कमाउने चलचित्रको टप ३ मा छक्का पञ्जा का ३ सिरिजले नै कब्जा जमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्