चर्चित गायक तथा संगीतकार अर्जुन पोखरेल र अञ्जु पन्तको नयाँ गीत सार्वजनिक



११ कार्तिक २०७५, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को निर्माण हुने क्रम जारी छन् । यसै बर्षको कुरा गर्दापनि आदा बर्षभित्रमा धेरै चलचत्रिहरु प्रदर्शनमा आईसकेका छन् भने अझ कति चलचित्रहरु प्रदर्शनको पर्खाइमा रहेका छन् । हालैमात्र नयाँ चलचित्र रुमालै छ चिनो चलचत्रिको ए माया बोलको गीत सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको ए माया बोलको गीतमा अर्जुन पोखरेल विरही कार्की र अञ्जु पन्तको आवाज रहेको छ । उक्त गीतमा सुशान्त कार्की र अप्साना थापालाई फिचरिङ गराइएको छ । उक्त चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुईटेल, सुशान्त कार्की, अप्साना थापा, रश्मि भट्ट, मिथिला शर्मा, सुरविर पण्डित, लक्ष्मण विक्रम शर्मा, सुरज महरा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्