के अशोकको ‘रातो टिका निधारमा’ देखिदैँछन् राजेश र करिश्मा ?



०९ कार्तिक २०७५, काठमाडौँ

राजेश हमाल र करिश्मा मानन्धर नेपालका नम्बर वान जोडिको रुपमा चर्चित छन् । कुनै एक समयमा राजेश र करिश्माको चलचित्र भन्ने बित्तिकै हलमा दर्शकहरुको ओइरो लाग्ने गर्थ्यो । अहिले राजेश र करिश्मा दुवै चलचित्रमा त्यति देखिदैनन् तरपनि उनीहरुको ठाउँमा अरु जोडि आएका छैनन् । राजेश र करिश्माले खेलेको एक बहुचर्चित चलचित्र अल्लारे को एक गीत रातो टिका निधारमा निकै चलेको थियो । त्यहि गीतको एक टुक्काबाट अब चलचित्र बन्ने भएको छ ।

भर्खरै मात्र प्रदर्शनमा आएको चलचित्र जय भोले का निर्देशक अशोक शर्माले अब रातो टिका निधारमा नामक चलचित्र निर्माण गर्ने भएका छन् । उक्त चलचित्रमा मुख्य भूमिकामा चार नायक नायिका रहने भएका छन् । अशोक शर्माले चलचित्रको लागि नायक नायिकाको खोजि भैरहेको बताएका छन् । उक्त चलचित्रका लागि कोहिपनि कलाकारहरु फाइनल नभएको उनले बताएका छन् ।

चलचित्रमा आमा बुबाको रोलका लागि अशोकले राजेश र करिश्मासँग कुरा गर्ने योजनामा रहेको बताएका छन् । तर राजेश र करिश्मासँग उनको कुनै सहमति भने भएको छैन । अशोकले चलचित्रको रातो टिका निधार लािग आउँदो दशैलाई प्रदर्शन मिति घोषणा पनि गरिसकेका छन् । यस चलचित्रमा राजेश र करिश्माको जोडि फेरि जम्न कि जम्दैन त्यसका लािग भने केहि समय पर्खनै पर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्