बलिउडकी चर्चित नायिका रविना टन्डनको आज जन्मदिन, कति बर्षकी भइन् त उनी ?



०९ कार्तिक २०७५, काठमाडौँ

बलिउड नायिका रविना टन्डन कुनै समयकी बलिउडकी निकै चर्चित र डिमाण्डेड नायिका हुन् । त्यस समयमा उनको हातमा भ्याईनभ्याई चलचित्रहरु थिए । त्यस समयमा धेरै वइस्त भएका कारण रविनाले ठूला ठूला ब्रान्डका चलचित्रहरु छोडेकी पनि थिइन् । तर विवाहपछि भने उनी सेलाइन् । उनी आजभोली चलचित्रमा त्यति देखिएको पाइदैन । कुनै समयमा बलिउडमा अक्षय कुमारको नामसँग उनको नाम जोडिने गथ्र्यो । तर उनले विवाह भने एक व्यापारीसँग गरिन् ।

रविनाको बारेमा एक अचम्मको कुरा सार्वजनिक भएको छ । उनी आफ्नो विवाहभन्दा अगाडि नै दुई बच्चाकी आमा बनिसकेकी थिइन् तर ती बच्चा रविनाले आफूले जन्माएको नभएर गोद लिएका थिए । उनको आफ्नै पन दुई सन्तानहरु रहेका छन् । यिनै बलिउडकी सुन्दर नायिकाको आज जन्मदिन रहेको छ । रबिनाले आजबाट ४५ बर्षमा प्रवेश गरेकी छिन् । बलिउडमा रविनाले राम्रा चलचित्रहरु धेरै दिएकी छिन् । आज उनको जन्मदिन भएकाले उनलाई शुभकामना दिने फ्यानहरु धेरैभन्दा धेरै देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्