चर्चित गायक प्रताप दासको नयाँ गीत सार्वजनिक



०९ कार्तिक २०७५, काठमाडौँ

नेपाल आइडलबाट चर्चा कमाएका प्रतिस्पर्धी प्रताप दासले नेपाल आइडलपछि निकै गीतहरु गाइसकेका छन् । नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै फाइनलमा पुगेर सेकेण्ड रनर अप बन्न सफल प्रताप दास आजभोली निकै व्यस्त छन् ।हालैमात्र प्रतापको नयाँ गीत सार्वजनिक भएको छ ।

सिता माझीको शब्द र संगीत रहेको नामै काफी छ बोलेको गीतमा प्रताप दास र रिता शंकरको आवाज रहेको छ । उक्त गीतमा नेपालकी चर्चित नायिका तथा मोडल नम्रता सापकोटा र दिक्पाल कार्कीलाई फिचरिङ गराइएको छ । प्रताप स्थापित गायक भैसेकेका छन् । उनले केहि चलचित्रहरुमा पनि गीत गाइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्