झापाली कान्छाको सयपत्री मखमली बोलको तिहार गीत सार्वजनिक



०९ कार्तिक २०७५, काठमाडौँ

अहिले नेपालमा चाडपर्वहरुको लहर लागिरहेको छ । नेपाल बहुसंस्कृति देश भएकाले यहाँ धेरै थरीका चाडपर्वहरु मनाइने गरिन्छ । तर विशेष गरी नेपालीहरुले बडा दशैँलाई आफ्नो सबैभन्दा ठूलो र महान चाडको रुपमा मनाउने गर्छन् । अहिले भर्खरै दशैँको रमझम सकिदाँ फेरिहामी नेपालीहरुको अर्को ठूलो चाड तिहार नजिकिदैँ छ । तिहार पनि नेपालीहरुको विशेष र महत्वपूर्ण चाड हो । तिहार नजिकिदैँ गर्दा बजारमा तिहार सम्बन्धी नयाँ नयाँ गीतसंगीतहरु आइरहेका छन् ।

भर्खरै मात्र बजारमा तिहारको एक नयाँ गीत सार्वजनिक भएको छ । दिनेश राज शर्माको शब्द र अशोक थापाको संगीत रहेको सयपत्री मखमली बोलको गीतमा कविता शिवाकोटी र किरण बिमलीको आवाज रहेको छ । तिहारको सम्झना गराउँदै निकै रमाइलो देउसी भैलोको शैलीमा गीतलाई प्रस्तुत गरिएको छ । उक्त गीतमा तिहारको भाव झल्किएको प्रष्ट देख्न सकिन्छ । धेरै कलाकारहरुलाई फिचरिङ गराइएको गीतलाई दिनेश राज शर्माले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्