भारतको चर्चित रियालिटि शो सारे गम पा मा तहल्का मच्चाइन् नेपाली चेली मेनुकाले, जर्जहरु पनि रोए



०९ कार्तिक २०७५, काठमाडौँ

सारे गम पा भारतको एकदमै ठूलो गायन रियालिटि शो हो । गायनमा आफ्नो भविष्य खोजिरहेका व्यक्तिहरुका लागि सारे गम पा एकदमै ठूलो प्ल्याटफर्म हो । त्यस्तै हालैमात्र इन्डियन टेलिभिजन जी टिभी मा सारे गम पा सुरु भएको छ ।यसपाली सारे गम पा मा नेपालीकी एक चेली पनि आफ्नो प्रस्तुती दिन गएकी छिन् । उनी सो गम पा को इतिहासमा  पहिलो नेपाली प्रतिस्पर्धी  हुन् ।

नेपालको चर्चित रियालिटि शो नेपाल आइडल सिजन १ मा गएर टप ११ सम्म पुग्न सफल मेनुका पौडेल सारे गम पा मा गएकी छिन् । उनी सानैदेखि दृष्टिविहिन छिन् । तर उनको यति मिठो आवाज छ की उनले आफ्नो आवाजले जो कोहिलार्य पनि फिदा बनाउन सक्छिन् । उनी आफ्नी आमासँग सारे गम पा मा गएकी थिइन् । उनले अडिसनमा यति राम्रो प्रस्तुती दिइन् कि जर्जहरु उनलाई उठेर सम्मान गर्न बाध्य भए । मेनुकाको संगीतप्रतिको लगाव र आवाज सुनेर जर्जहरुका मात्र नभएर त्यहा बसेका जुरी र अडियन्सहरुका समेत आँखा रसाए ।

मेनुका सो गम पा मा जाने सो गम पा को इतिहासमै पहिलो नेपाली चेली हुन् । उनले आफ्नो आवाजको जादु नेपालमा मात्र नभएर पुरै भारतभर फैलाउन सफल भएकी छिन् । उनी अडिसन सेलेक्ट भैसकेकी छिन् भने हाल मेघा राउण्डके लागि तयार गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्