मेलिना राईको नयाँ गीत रिलिज, मेलिना आफैँ फिचरिङमा



०८ कार्तिक २०७५, काठमाडौँ

गायिका मेलिना राई नेपालकी स्थापित र निकै चर्चित गायिका हुन् । उनी आजभोली निकै व्यस्त पनि छिन् ।  आधुनिक, फिल्मी र लोक सबै गीतहरुमा उत्तिकै सफल मेलिनाको नयाँ गीत सार्वजनिक भएको छ ।

राजु बाबु श्रेष्ठको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको गीतमा मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा गायिका मेलिना राईलाई नै फिचरिङ गराइएको छ । यो मेलिनाले खेलेको पहिलो म्यूजिक भिडियो हो । मेलिना राई राम्रो गायिका मात्र नभएर राम्रो डान्सर पनि भएको यो गीतबाट प्रष्ट थाहा पाउन सकिन्छ । यो गीतमा मेलिनाको दमदार नृत्य देख्न सकिन्छ । उक्त गीतलाई राजिब समरले कोरियोग्राफी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्