३ भाषमा निर्मित चलचित्र साल्माको तिमी आयौँ बोलको गीत सार्वजनिक



०८ कार्तिक २०७५, काठमाडौँ

पहिलो पटक ३ सुर्जापुरी, भोजपुरी र नेपाली भाषामा बनेको चलचित्र साल्माको गीत सार्वजनिक भएको छ । चलचित्रलाई झापाली कान्छा अभिषेकले निर्देशन गरेका हुन् भने चलचित्रमा लगानी पनि उनकै रहेको छ ।

दिनेश राज शर्माको शब्द र अशोक थापाको संगीत रहेको गीतमा अशोक थापा र सम्झना वलीको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार झापाली कान्छा अभिषेक र सन्ध्या पौडेललाई फिचरिङ गराईएको छ । गीतमा ज्ञानु सुब्बाको कोरयोग्राफी र सुवास लिम्बुको छायांकन रहेको छ ।

नेपालका निकै रमणीय स्थलहरुमा छायांकन गरिएको गीतलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । सामाजिक परिवेशको पारिवारिक प्रेममा आधारित चलचत्रि साल्मालाई झापा र इलाम लगायतक देशका सुन्दर ठाउँहरुमा छायांकन गरिएको छ । चलचित्रमा झापाली कान्छा अभिषेक, सन्ध्या पौडेल, प्रतिमा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्