आँचल र कमलको नयाँ गीत सार्वजनिक



०८ कार्तिक २०७५, काठमडौँ

चलचित्रमा त्यति जम्न नसकेकी नाियका आँचल शर्मा म्यूजिक भिडियोमा भने निकै चर्चित र व्यस्त छिन् । उनको एकपछि अर्को म्यूजिक भिडियो बजारमा आइरहेका छन् । आँचल शर्माको भर्खरै मात्र नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लिली मिश्राको शब्द र संगीत रहेको गीतमा आवाज पनि लिली मिश्राकै रहेको छ । उक्त गीतमा आँचल शर्मा र कमल सिंहलाई फिचरिङ गराइएको छ । उक्त गीतमा आँचलको कमलसँगको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्