पहिलो पटक आमिरसँग चलचित्रमा देखिदैँ दिपिका



०८ कार्तिक २०७५, काठमाडौँ

नायिका दिपिका पादुकोण बलिउडकी निकै सफल र चर्चित अभिनेत्री हुन् ।एक समयमा बसलउडमा दिपिकाके मात्रै राज थियो । अहिले उनी चलचित्रमा त्यति देखिदिन् तरपनि निकै चर्चित छिन् । दिपिका यहि बर्ष आफ्ना प्रेमी रणवीर सिंहसँग विवाह पनि गर्दैछिन् ।

हालैमात्र नायिका दिपिका पादुकोण आमिर खानको नयाँ चलचित्रमा फाइनल भएकी छिन् ।उक्त चलचित्रको लािग उनी अनुबन्धित त भैसेकेकी छैनन् तर आमिरसँ उनको मौखिक भने सहमति भैसकेको छ । आमिर खान बलिउडका निकै सुपरहिट अभिनेता हुन् ।

बलिउडका धेरै नायकहरुसँग स्क्रिन सेयर गरिसकेकी दिपिकाले आमिरसँग भने अहिलेसम्म एकसाथ चलचित्रमा काम गरेकी छैनन् ।उनी पहिलो पटक आमिरसँग चलचित्रमा देखिदैँ छिन् । आमिरसँग दिपिकाको जोडि कत्तिको सुहाउँछ त्यो हेर्न केहि समय पर्खनै पर्छ । हाल दिपिका आफ्नो विवाहको तयारीमा व्यस्त छिन् ।

 

प्रतिक्रिया दिनुहोस्