वरुण धवनसँग नयाँ चलचित्रमा देखिदैँ श्रीदेवीकी छोरी जान्वी



०८ कार्तिक २०७५, काठमाडौँ

जान्वी कपुर भारतकी बहुचर्चित स्वर्गीय नायिका श्रीदेवीकी छोरी हुन् । चलचित्र धडक बाट बलिउडमा प्रवेश गरेकी जान्वीको चलचत्रि धडक त बक्सअफिसमा सफल भएन तर उनी भने निकै चर्चित बन्न पुगिन् । चलचित्र हेर्ने सबैले उनको अभिनयको मुक्तकण्ठले प्रशंशा गरे । धडकपछि जान्वीलाई ठूला ठूला प्रोजेक्टका चलचित्रहरुबाट अफर आउन थालेको छ ।

हालैमात्र उनलाई एक नँया चलचित्रबाट अफर आएको छ । चलचित्रको कथा लेख्ने काम हाल भैरहेको छ । उक्त चलचित्रको नाम भने खुलाइएको छैन । चलचित्रका लागि नायक बरुण धवन फाइनल भैसेकेका छन् । त्यसैगरी चलचित्रकी नायिकाको रुपमा जान्वी कपुरलाई अफर गरिएको छ । जान्वीलाई सुहाउने रोल भएकाले चलचित्रको लागि अफर गरेको चलचित्रका निर्देशकले बताएका छन् । चलचित्र अर्को बर्षबाट फ्लोरमा जाने चलचित्रका निर्देशकले जानकारी दिएका छन् । उक्त चलचित्रमा बरुण र जान्वीको जोडि देख्न पाइने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्