छक्का पञ्जा ३ तेस्रो सातामा पनि देशभर भव्यताका साथ प्रदर्शनमा



०७ कार्तिक २०७५, काठमाडौँ

यसबर्ष प्रदर्शनमा आएका चलचित्रहरुमध्ये सबैभन्दा बढी पैसा कमाउन सफल चलचित्र छक्का पञ्जा ३ आफ्नो प्रदर्शनको तेस्रो सातामा पुगेको छ । दशैँको अवसर पारी घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले तेस्रो सातामा पनि हलहरुमा उत्तिकै सफलताका साथ प्रदर्शन भैरहेको छ ।

छक्का पञ्जाका यसअघिका सिरिजहरु पनि निकै सफल रहेकाले दर्शकले छक्का पञ्१जा ३ लाई पनि निकै रुचाए । छक्का पञ्जा ३ ले यसबर्षको मात्र नभएर नेपाली चलचित्र क्षेत्रमै सबैभन्दा बढी लगानी गर्ने चलचित्रको सूचीमा पर्न सक्ने प्रवल सम्भावना देखिएको छ । किनकी प्रदर्शनको ३ हप्ता नपुग्दै चलचित्रले ११ करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

चलचित्र छक्का पञ्जा ३ लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दिपिका प्रसाई, निर शाह, लक्ष्मी गिरी, बुद्धि तामाङ, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचत्रिले सामाजिक कथा उठान गरेको छ । अहिले नेपाली चलचित्र क्षेत्रमा चलचित्रको व्यापार सेलाईरहेको अवस्थामा छक्का पञ्जा ३ को व्यापारलाई उत्कृष्ट मान्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्