नायिका रेखा थापाले पाउँदैछिन् ‘हरितारा चलचित्र पुरस्कार’



२५ असोज २०७५, काठमाडौँ

नायिका रेखा थापा नेपालकी चर्चित मात्र नभएर निकै पुरानो नायिका पन हुन् । उनी आजभोली निकै कम चलचित्रमा देखिने गर्छिन् । तर चर्चाले होस् वा आलोचनाले उनी मिडियामा भने आइरहन्छिन् । त्यस्तै लय संग्रौला पनि नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान दिएका कलाकार हुन् ।

रेखा थापा र लय संग्रौला नेपाली चलचत्रि जगतमा आएको दुई दशक पनि बढी भैसकेको छ । यो दुई बर्षको अवधिमा यी दुवै कलाकारले नेपाली चलचित्र क्षेत्रमा धेरै प्रगती गरिसकेका छन् । यी दुई कलाकारले नेपाली चलचत्रि क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै यी दुई कलाकारलाई हरितारा चलचित्र पुरस्कार वितरण गरिने भएको छ ।

उक्त पुरस्कारको राशी २५ हजार रहेको हरितार चलचित्र पुरस्कारका अध्यक्षले बताएका छन् । त्यस्तै उक्त कार्यक्रममा अन्य नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने कलाकारहरुलाई पनि विभिन्न विधाका अवार्डपुरस्कार वितरण गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्