सर्वाधिक चर्चा कमाइरहेको गीत ‘गोजीमा दाम छैन’ ले पायो युट्युबमा १ करोड भ्यूज



२५ असोज २०७५, काठमाडौँ

तिहारको अवसर पारेर रिलिज गर्न लागिएको चलचित्र चङ्गा चेट पनि यो बर्षको बहुप्रतिक्षित चलचित्र हो । चलचत्रिको ट्रेलर र गीतसंगीतले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र चङ्गा चेटको गोजीमा दाम छैन बोलको गीत यतिबेला बजारमा सर्वाधिक चर्चाका रहेको छ ।

चलचत्रिका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान, सन्दिप, परमिता, रबिन्द्र र सुरक्षालाई फिचरिङ गराइएको गीतले युट्युबमा १ करोड बढी भ्यूज पाइसकेको छ । उक्त गोजीमा दाम छैन बोलको गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । यो गीत अहिले युट्युबमा मात्र नभएर टिकटक, म्यूजिकल्ली जस्ता सामाजिक सञ्जालमा पनि निकै भाइरल भैरहेको छ ।

निकै रमाइलो शैलीको गीतमा मेलिना राई र राजनराज शिवाकोटीको आवाज रहेको छ । त्यसैगरी गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीकै संगीत रहेको छ । चलचित्र चङ्गा चेट कार्तिक १६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्