मेलिना राईको नयाँ गीत सार्वजनिक, बर्षा र आषिश फिचरिङमा



२४ असोज २०७५काठमाडौँ

मेलिना राई नेपालकी निकै चर्चित र डिमाण्डेड गायिका हुन् । उनले निकै छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएकी गायिका हुन् । आजभोली आधुनिक होस् वा फिल्मी अधिकांश गीतहरुमा मेलिनाको आवाज सुन्न सकिन्छ । हालैमात्र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द र संगीत रहेको पिरिम नलाउने बोलको गीतमा आषिश गौतम र मेलिना राई र आशिष गौतमको आवाज सुन्न सकिन्छ । उक्त गीतमा नेपालकी चर्चित नायिका तथा मोडल बर्षा राउत र आशिष गौतमलाई नै फिचरिङ गराइएको छ । निकै रमाईलो र लोक भाकामा रहेको गीतमा बर्षा र आषिशको राम्रो डान्स पनि देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्