काउली बुढीले खेलेको नयाँ म्यूजिक भिडियो सार्वजनिक



२२ असोज २०७५, काठमाडौँ

नेपाल आइडलबाट चर्चा कमाएकी काउली बुढी राम्रो गीत गाउन मात्र नभएर राम्रो अभिनय पनि गर्न सक्छिन् । नेपाल आइडलमा फरक ढङ्गमा प्रस्तुती दिएर सबैको नजरमा पर्न सफल काउली बुढी (सन्ध्या बुढाले) धेरै गीतहरु गाइसकेकी छिन् । उनले अधिकांश लोक गीतहरु गाउने गर्छिन् । उनले भर्खरै खेलेको म्यूजिक सार्वजनिक भएको छ ।

नवराज बरालको शब्द र डि मार्चा ब्यान्डको संगीत रहेको पानी घट्टा बोलको गीतमा डि मार्चा ब्यान्डकै आवाज रहेको छ । उक्त गीतमा नेपालका चर्चित मोडल निराजन कार्की र काउली बुढीलार्य फिचरिङ गराइएको छ भने उक्त गीतमा काउली बुढीको दुवै रुप देख्न पाइने छ ।

 

प्रतिक्रिया दिनुहोस्