अमेरिकामा नेपाली युवाको सफलता : आफैँले प्लेन बनाएर उडाए



२१ असोज २०७५, काठमाडौँ

आजको  युगमा विज्ञान र प्रविधिले निकै ठूलो भूमिका खेलेको छ । विभिन्न विद्धानहरुले नयाँ नयाँ प्रविधि र यन्त्रको विकास गरिरहेका छन् । त्यस्तै कहिदिन अगाडि मात्र एक नेपालीले जहाज बनाएर त्यसको उडान समेत भर्न सफल भएका छन् ।

अमेरिकी सरकारको हवाई विभागमा नेपालीले बनाएको जहाज सुचीकृत भएर उडान अनुमती समेत पाइसकेको छ । आफैँले बनाएको जहाजबाट अमेरिकी उडान भरेर नेपालको नाम राख्न सफल युवक प्रमोद रेग्मी हुन् । काठमाडौँमा हुर्केका र काठमाडौँमा नै पढेका प्रमोद २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका गएका हुन् । पेशाले इन्जिनियर भएपनि प्रमोद आफूलाई सानैदेखि पाइलट बन्ने रहर भएको बताउँछन् । उनले अमेकिामामै बसेर पाइलटको कोर्स गरेर जहाज उडानको लागि लाइसन्स पनि प्राप्त गरिसकेका छन् ।

प्रमोद पाइलट भैसकेपछि उनलाई जहाज उडाउने मात्र नभएर बनाउने पनि उत्सुकता बढेर आयो । त्यसैको फलस्वरुप उनले कडा मेहेनत गरे र आफ्नै क्यारेजमा डेढ बर्ष लगाएर हवाई जहाज बनाउन सफल भए । अमेरिका पस्ने बित्तकै केहि समय त्यहाँ सेटल हुन उनलाई निकै संघर्ष गर्नु परेको थियो । तर अहिले उनी त्यहाँको स्थायी बासिन्दा बनिसकेका छन् । अहिले उनको कामको जताततै चर्चा भइरहेको छ । उनले आफ्नो मात्र नभएर नेपालको पनि शिर उच्च बनाइदिएका छन् ।

उनले उक्त जहाज निर्माणको लागि निकै मेहेनत गरेका छन् । जहाज बनाउन आवश्यक सामाग्री उनले अमेरिका लगायत अन्य मुलुकहरुबाट मगाएका थिए । उनलार्य जहाज बनाउन डेढ बर्ष लागेको थियो र त्यो डेढ बर्षको समयावधिमा उनी गुमनाम नै भएका थिए । उनले उक्त जहाज डेढ करोड नेपाली लागतमा तयार भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्