के पहिलो पटक एकअर्कासँग भिड्दैछन् अनमोल र प्रदिप ?



२१ असोज २०७५, काठमाडौँ

नायक प्रदिप खड्का र अनमोल के.सी दुवै नेपाली चलचित्र क्षेत्रका निकै नाम चलेका र चर्चित अभिनेता हुन् । अहिले नेपाली चलचित्रमा यी दुई अभिनेतालाई सर्वाधिक फ्यान फलोअर्स भएका अभिनेताको रुपमा हेरिएको छ । प्रदिप र अनमोल अहिलेका सबैभन्दा महंगा र डिमाण्डेड अभिनेताहरु हुन् । यी दुईलाई लिएर चलचित्र बनाए यिनीहरुको नामैले पनि चलचित्र चल्छ भन्ने निर्माता निर्देशकलाई लागेको हुन्छ त्यसैले यी अभिनेताको हातमा चलचित्रको कमी छैन । यी दुई नायकलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिने गरिन्छ तर अनमोल र प्रदिप आफूहरु एकअर्काको प्रतिस्पर्धी नभएर मिल्ने साथी भएको बताउँछन् ।

आजभोली नेपाली चलचित्रमा एकैसाथ २ ३ बटा चलचित्र प्रदर्शनमा आउनु निकै सामान्य कुरा भैसकेको छ । त्यस्तै अब नेपाली सिने वृतमा यी सबैभन्दा चर्चित नायकहरु एकअर्कासँग भिड्ने कुरा खुब चलिरहेको छ । यतिबेला प्रदिप आफ्नो अघिल्लो चलचित्र लब स्टेशनमा व्यस्त छन् भने नायक अनमोल के.सी आफ्नो चलचत्रि क्याप्टेन मा व्यस्त छन् ।

क्याप्टेनले आफ्नो चलचित्रको प्रदर्शनको मिति फागुन १७ लाई तय गरिसकेको छ । सोहि मितिमा प्रदिपको लब स्टेशन पनि आउने चर्को हल्ला चलिरहेको छ । सम्भवत पहिलो पटक नायक प्रदिप र अनमाल एअर्काको आमने सामने आउने भपएका छन् । यदि यसो भएमा फागुन १७ यो बर्षको सबैभन्दा ठूलो चलचित्र भिडन्त भएको बर्ष साबित हुनेछ । नेपालका सबैभन्दा ठूला नायकका चलचित्र भिड्नु भनेको सामान्य कुरा होइन । अब सँगै यिनको चलचित्र प्रदर्शनमा आयो भने कसले बाजी मार्ने हो त्यो भने हेर्न बाकिँ नै छ ।

 

प्रतिक्रिया दिनुहोस्