इन्टु मिन्टु लण्डनमा निर्माण टिमले काट्यो चलचित्र सफलताको केक : गरियो नयाँ चलचित्रको घोषणा



११ असोज २०७५, काठमाडौँ

असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र इन्टु मिन्टु लण्डनमा ले अहिले निकैचर्चा बटुलिरहेको छ । यस चलचित्रले सिगंल थिएटरमा १ साता नबित्दै ३ करोड ग्रस कलेक्सन गरेको छ । चलचित्रको व्यापार राो भैरहँदा बुधबार साझँ राजधानीको एक होटलमा चलचित्र निर्माण टिमले चलचित्र सफ भएको भन्दै केक काटेर एकआपसमा खुसी बाडेको थियो ।

इन्टु मिन्टु लण्डनमा को व्यापार नेपालमा राम्रो भैरहँदा चलचित्रको डिमाण्ड विदेशमा पनि दिनहुँ बढिरहेको छ  । यस्तैमा चलचत्रि टिमले अर्को पनि चलचित्र निर्माणको घोषणा गरेको छ । धिरजले इन्टु मिन्टु लण्डनमा साइन गर्नुअघि इन्टु मिन्टु लण्डनमा को व्यानरसँग अरु २ वटा चलचित्र पनि गर्ने सम्झौता भएको थियो । त्यसैले अब ती २ चलचित्रमा नायकको रुपमा धिरज नै रहने पक्का भएको छ ।

चलचित्रको नाम आई एम ट्वान्टि वान राखिएको छ । यो चलचित्रमा धिरज रहने लगभग पक्का भएपनि धिरजलाई साइन चैँ गराइएको छैन । चलचित्रको लािग दुई नव नायिकाको खोजी भइरहेको छ । उक्त चलचित्र आगामी दशैँमा प्रदर्शन गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्