आज नायिका निरुता सिंहको जन्मदिन : खुलाइनन् उमेर



१० असोज २०७५ काठमाडौँ

कुनै समयमा नेपाली चलचित्रमा निकै चर्चित र सफल नायिकाको छवि बनाएकी नायिका निरुता सिंहको आज जन्मदिन रहेको छ । चलचित्र दक्षिणा बाट नेपाली चलचित्र जगत्मा पाइला चालेकी निरुता आजभोली भने नेपाली चलचित्रमा देखिएकी छैनन् । उनले नेपाली चलचित्रबाट ब्रेक लिएको करिब ८ बर्ष बितिसकेको थियो । उनी हाल मुम्बईमा बस्दै आएकी छिन् ।

नेपाली चलचित्रबाट टाढा रहेपनि निरुता नेपाली चलचित्र जगत्मा आफ्नो यति राम्रो स्थान बनाइसकेकी छिन् कि उनी नहुँदा उनको निकै खोजी भएको थियो । ८ बर्षको ब्रेकपछि निरुता पुन नेपाली चलचित्रमा फर्किएकी छिन् । उनले कमब्याक गरेको चलचित्र नाई नभन्नु ल ५ ले निकै सफलता पायो  । चलचित्रमा उनको थोरै भूमिका थियो तर उनको भूकिाले दर्शकलाई निकै प्रभावित बनायो ।

आज निरुताको जन्मदिन भएकाले उनलाई उनलार्य शुभकामना दिने व्यक्तिहरु उनलाई विभिन्न सामाजिक सञ्जालमार्फत् उनलाई शुभकामना दिइरहेका छन् । आज उनको जन्मदिनमा उनका फ्यानहरुले उनलाई उनी टाढा भएपनि शुभकामना दिइरहेका छन् । यसका लागि निरुता आफू निकै खुसी भएको बताउँछिन् । निरुताको जन्मदिनको अवसरसँगै निरुता नेपाली चलचित्रमा निरुता निरन्तर रुपमा सक्रिय हुनेछिन् । उनी हाल चलचित्र लब स्टेशनमा व्यस्त छिन् भने लब स्टेशनपछि उनले आफ्नो समय चलचित्र दाल, भात तरकारीलाई दिनेछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्