मल्टिस्टारर चलचित्र ‘जय भोले’ को फस्टलुक सार्वजनिक



९ असोज २०७५, काठमाडौँ

यो बर्षको बहुप्रतिक्षित मल्टिस्टारर चलचित्र जय भोले को फस्टलुक सार्वजनिक भएको छ । यसअघि रिलिज गरिएको ट्रेलर गीतसंगीतबाट  निकै चर्चा बटुलिरहेको चलचित्रको आजमात्र फस्टलुक सार्वजनिक गरिएको हो ।

चलचित्र जय भोले मा धेरै कलाकारहरुको अभिनय रहेको छ । कमेडि र लबस्टोरीमा आधारित चलचित्र जय भोले असोज ३० गते फुलपातीको दिनबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछोने, सलोन बस्नेत, बुद्धि तामाङ, सुरविर पण्डित, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी लगायतका धेरैजना कलाकारको अभिनय रहेको छ । चलचित्र जय भोलेलाई अशोक शर्माले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्