स्वप्न सुमनको आवाजमा ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्वजनिक



९ असोज २०७५, काठमाडौँ

नेपालकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र युवापुस्तामा निकै रुचाइएका नायक धिरज मगर स्टारर चलचित्र इन्टु मिन्टु लण्डनमा यतिबेला देशभरका हलहरुमा भव्यताका साथ प्रदर्शन भैरहेको छ । चलचित्र रिलिज अगाडी सार्वजनिक गरिएको गीतसंगीत र ट्रेलरले निकै चर्चा पाएकाले चलचित्रले पनि सोचे अनुसार नै व्यापार गरिरहेको छ ।

भर्खरै मात्र चलचित्र इन्टु मिन्टु लण्डनमा को नयाँ गीत सार्वजनिक गरिएको छ । स्वप्न सुमनको शब्द संगीत रहेको थाहै भएन बोलको गीतमा आवाज पनि स्वप्न सुमनकै रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार धिरज र साम्राज्ञीलाई नै फिचरिङ गराइएको छ । चलचित्रको यसअघिको धिरज र साम्राज्ञीलाई नै फिचरिङ गराइएको उडायो हावाले बोलको गीतले पनि यतिबेला बजारमा निकै सफलता पाइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्