इन्टु मिन्टु लण्डनमा देशभरिका हलहरुमा भव्यताका साथ प्रदर्शन : देखियो धिरज र साम्राज्ञीको लोभलाग्दो क्रेज



७ असोज २०७५, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर स्टारर चलचित्र इन्टु मिन्टु लण्डनमा यहि शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । लबस्टोरी चलचित्र यन्टु मिन्टु लण्डनमा लाई नेपालकी चर्चित डान्स कोरियोग्राफर रेनशा राई निर्देशन गरेकी हुन् ।

चलचित्र हेर्न शुक्रबार हलहरुमा त्यति दर्शक नदेखिए पनि शनिबार भने यसको व्यापार आक्रमक देखियो । शनिबार देशभरिका हलहरुमा इन्टु मिन्टु लण्डनमा हेर्ने दर्शकको निकै भिड थियो । चलचित्रमा सबैले चलचित्रमा देखाईएका दृश्य र नव नायक धिरज मगरको अभिनयलाई औधी रुचाएका छन् । चलचित्रमा साम्राज्ञीको कामको पनि दर्शकले खुलेरै तारिफ गरे ।

चलचित्रको प्रतिक्रिया बुझ्न शनिबार उपत्यकाका हलहरुमा पुगेका धिरज र साम्राज्ञीके क्रेज निकै देखियो ।अझ् धिरज मगरका युवती फ्यानहरुले त उनलाई एकछिन पनि छोडेका थिएनन् । प्रदर्शनको तिनदिनसम्म चलचित्रको व्यापार राम्रो भैरहेको र अझै चलचित्रको व्यापार बढ्ने चलचित्रकी निर्देशक रेनशाले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्