स्वाइन फ्लू, लक्षण तथा यसबाट बच्ने उपाय



स्वाइन फ्लू एक खतरनाक भाइरस हो, जुन सुँगुरको कारण फैलिने गर्दछ । यसको सबैभन्दा धेरै संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा देखिएको थियो । यसलाई कतै–कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ । यसको सङ्क्रमण करीब दुई सय देशमा देखिएको छ । यो भाइरस सुँगुरमा पाइने जीनजस्तो भएका कारण यसलाई स्वाइन फ्लू नाम दिइएको हो ।

स्वाइन इन्फ्लुएन्जा एक सङ्क्रामक श्वासप्रश्वाससम्बन्धी रोग हो । यसले सामान्यतयाः सुङ्गुरलाई बढी प्रभावित तुल्याउँछ । यस रोगबाट सङ्क्रमित सुङ्गुरको सम्पर्कमा आउने ब्यक्तिहरुमा पनि यसको संक्रमण देखिन सक्छ ।  सङ्क्रमित ब्यक्तिको सम्पर्कमा आएका अन्य ब्यक्तिलाई सर्न सक्ने विज्ञहरु बताउँछन् । के–के हुन्छन्, त यसको भाईरसबाट संक्रमित ब्यक्तिहरुमा यसको लक्षणहरु हेरौं ।

लक्षणहरु–

  1. नाकको समस्या 
  2. रुघा खोकी
  3. भोक नलाग्ने
  4. शिथिल
  5. इच्छाशक्ती नभएको बानी
  6. सामान्य ज्वरो ९१०० F वा सो भन्दा माथि०
  7. टाउकोको दुखाई
  8. केही रोगीहरुमा अझ घाटी दुख्नु, जिउ चिलाउनु, टाउको दुख्नु, वाकवाक लाग्नु तथा झाडापखाला जस्ता लक्षणहरु देखिन्छ, यसको लक्षण सामान्य रुघा खोकी सँग मिल्दो जुल्दो हुन्छ, तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ । स्वाइन फ्लु भए ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ  ।

सुँगुरको मासु खाने सबैलाई यो रोग लाग्छ भन्ने त होईन, तर पूर्व–होशीयारी अपनाउन भने अति आवश्यक छ । सुङ्गुरको मासु खाँदा पनि यो रोग सर्न सक्छ, भनेर कतिपयको जिज्ञासा हुन सक्छ । स्वस्थ सुङ्गुर छ भने त्यसको मासु राम्ररी पकाएर खान सकिन्छ । तर, मासु काट्दा, पकाउँदा स्वच्छता अपनाउनु अत्यन्त आवश्यक छ । विशेष गरी नेपालका वधशाला र पशुपालन त्यति स्वच्छ रहेको पाइँदैन । त्यसैले वधशाला, पशुपालन आदि हरेक क्षेत्रमा स्वच्छता अपनाउनै पर्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नु नदिनु नै बुद्धिमानी हो । कसरी बच्ने त? यसबाट, कस्तो उपाय अपनाउन सकिन्छ,? हेरौं न ।

उपायहरु–

यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ । यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ । यस बाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा–सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन् । किनकी फोहोरबाट जुनसुकै रोगका किटाणुहरु छिट्टै सर्ने हुन्छन् ।

यसरी अन्य प्राणीबाट मानिसमा सर्ने गरेका बर्डफ्लु, स्वाइनफ्लु, हङकङ फ्लू आदिका कारण कतिपय मानिसको मृत्यु नै भएको सन्दर्भमा बढ्दो जलवायु परिवर्तन र प्रदूषणका कारण मानिसमा पनि केही विशेष भाइरस उत्पन्न हुन सक्ने र यसले विश्वभर महामारी फैलाउन सक्ने आशङ्का चिकित्सकहरूले गरिरहेका छन् । तथा विश्व स्वास्थ्य संगठनले विशेष ध्यान यसतिर दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्