मलाई अनमोल होइन, निर्माता निर्देशकलाई म चाहिँएको हो : साम्राज्ञी राज्यलक्ष्मी शाह



२८ भदौ २०७५, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालकी निकै डिमाण्डेड  र व्यस्त नायिका हुन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्र क्षेत्रमा पाईला चालेकी साम्राज्ञीको पहिलो चलचित्र नै बक्सअफिसमा निकै सफल भएपछि उनले फर्केर हेर्नु परेको छैन । ड्रिम्सपछि उनले गरेको ए मेरो हजु २ ले पनि बक्सअफिसमा सफलताको झण्डा गाडेपछि साम्राज्ञीको रेट पनि बढ्न थालेको छ । उनले पछिल्लो समयमा गरेका २ चलचित्रले चैँ बक्सअफिसमा त्यस्तो कमाल गर्न सकेका छैनन् । अब उनको नयाँ चलचित्र चाँडै नै रिलिज हुँदैछ ।

प्रदर्शन हुनु अगावै निकै चर्चित बन्न सफल साम्राज्ञी र युवापुस्तामा निकै लोकप्रिय नायक धिरज मगर अभिनीत चलचित्र इन्टु मिन्टु लण्डनमा यहि असोज ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । हाल साम्राज्ञी त्यहि फिल्मको प्रचारप्रसारका लागि दौडिरहेकी छिन् । प्रचारप्रसारकै सिलसिलामा हाल उनी पोखरा पुगेकी छिन् । साम्राज्ञी दुई चलचित्र लगातार असफल भएपछि उनलाई आजभोली फेरि अनमोल नै चाहिएको हो त ? भन्ने प्रश्नहरु आउन थालेका छन् ।

यसैबीच एक अन्तवार्तामा उनलाई दुई चलचित्रले कमाल गर्न नसकेपछि उनलाई अनमोल नै चाहिँएको र उनको स्टारडम घट्दै गएको हो भन्ने प्रश्नमा उनले चलचित्रमा नयाँ नायक ल्याउने काम मेरो होइन निर्माता निर्देशकको हो र मलाई अनमोल चाहिँएको होइन चलचित्रका निर्माता निर्देशकलाई चाँहि म चाहिएको हो भन्ने जवाफ दिईन्। त्यस्तै स्टारडम घट्ने कुरामा उनले आफूलाई दिनकै चलचित्रबाट अफर आउने गरेको भन्दै आफ्नो स्टारडम नघटेको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्