सिंहदरबारमा कांग्रेको संसदीय दलको बैठक सुरु



काठमाडौं । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक सुरु भएको छ । सोमबार दिउँसो तय भएको बैठक स्थगित भएको थियो ।

संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकार समिति गठन गर्न तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्